Logo

हिसिला यमी मोडलीङमा देखिएपछि…(भिडियोसहित)



काठमाडौं, ३१ साउन । नयाँ शक्ती पार्टी नेपालकी नेतृ हिसिला यमी पनि मोडलिङमा देखिएकी छिन् भनेर भन्दा धेरैलाई पत्याउन गाह्रो होला । तर कथा वास्तविक नै हो ।
नेपाली नारीहरुको महानचाँड हरितालिका तिजको पूर्वसन्ध्यामा उनी तीज गीत ‘नाचौ छमछमी..’को म्युजिक भिडियोमा देखिएकी छिन ।

नयाँ शक्तीकै अर्की नेतृ संगीता धमलाले गायिका पार्वती जिसीसँगको सहकार्यमा यो तिज गीत गाएकी हुन् । गीतमा शब्द संगीतको अलवा पार्वती जिसी, मंजिला शर्मा, बिमला अर्यालको रहेको छ ।

तिजको अवसर पारेर यो गीतको भिडियो सार्वजनिक गरिएके हो । भिडियो अभिनेत्री तथा नयाँ शक्ती पार्टीकै अर्की नेतृ करिस्मा मानन्धर पनि देखिएकी छन् ।

रानी श्रेष्ठ समेतको अभिनय रहेको भिडियोमा धेरै कोरस कलाकार समेत राखिएको छ । कोरस कलाकारका साथ हिसिलाको छमछमी नाचेको नृत आकर्षक देखिएको छ ।

हिसिलाको कपी गर्दै चलचित्र तथा टेलिभिजनको पर्दामा नक्कली हिसिला यामी बन्दै आएकी बिपनाले छोटै समयमा राम्रो चर्चा बटुल्न सफल भएकी थिइन् ।

सक्कली हिसिला यामीकै अभिनय रहेको यो भिडियोले पनि राम्रो चर्चा पाउने अपेक्षा निर्माण युनिटले गरेको छ । रामजी पौडेलको संगीत, तारा थापाको सम्पादन रहेको भिडियाको निर्देशन चलचित्रका नृत्य निर्देशक कमल राइले गरेका छन्



प्रतिक्रिया दिनुहोस्