Logo

यसरी मनायो भारतले काठमाडौंमा स्तन्त्रता दिवस-फोटोफिचर



काठमाडौँ । नेपालस्थित भारतीय दुतावसले विभिन्न कार्यक्रम गरेर भारतको स्वतन्त्रता दिवस मनाएको छ । भारतले आफ्नो ७१ औँ स्वतन्त्रता दिवस मनाएको छ ।

भारतको स्वतन्त्रताको अवसरमा नेपालमा पनि कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले झण्डोत्तलन गरेका थिए । त्यस्तै, स्कूलका बालबालिकाले भारतीय राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न पुस्ताकालयका लागि पुस्तक, विभिन्न स्वास्थ्यसाग सम्बन्धित एम्बुलेन्स, विभिन्न विद्यायलको लागि बसहरु वितरण गरेको थियो । कार्यक्रममा कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका गोर्खा सैनिकका परिवारलाई राहत रकम प्रदान गरिएको थियो ।

तस्बिर – मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम