Logo

आपूर्तिमन्त्रीको गर्जन, बाढी पिडितलाई कुहिएको खाद्यवस्तु वितरण गर्ने कर्मचारीलाई बाँकी राखिदैन ।



साउन ३२, काठमाण्डौ । आपूर्ति मन्त्री शिव कुमार मण्डलले बाढी पिडितलाई खाद्यान्न वितरणमा कमजोरी देखिएका सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयले दिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिदै मन्त्री मण्डलले भने, “मैले निर्देशन गरिसकेको कुरा पुगेको छैन भने तपाईकै माध्यमबाट जानकारी होस्, जिम्मा दिएका कुराहरु, निर्देशन दिएको कुराहरु पूरा भएन भने ति कर्मचारीलाई कारबाही गर्ने कुरामा म पछि पर्दिन ।”
कहीँ कतै कुहिएको चामल वितरण भएको भन्ने सुन्नमा आएको भन्दै मन्त्रीले त्यस्तो चामल वितरण गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिए ।
“म आफैँ पनि सप्तरी लगायतका बाढी प्रभावित जिल्लामा जाने तयारीमा छु । गोदामको निरिक्षण म आफैँले गर्दैछु । खाद्यवस्तु कुहिएको पठाएको रहेछ भने त्यस्ता कर्मचारीलाई बाँकी राखिदैन ।” मन्त्री मण्डलले भने ।
कुहिएको चामल जनताले खान नपर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्रीले राम्रो चामल खुवाउन सरकार सक्षम रहेको दाबी गरे । सिराहा मात्रै २४ हजार क्विन्टल चामल स्टक रहेको जानकारी समेत मन्त्रीले दिए ।
“यो मेरो घोषणा हो, खाद्यान्नको अभाव हुँदैन । तर सिडिओले कति तदारुकताका साथ काम गर्न सक्छ, त्यसमा पनि भर पर्छ । सिडिओले भनेजति आद्यान्न पु¥याउन हामी तयार छाँै ।”
बाढी पिडितका लागि विभिन्न संस्था र देशले सहयोग गरे पनि त्यसको सदुपयोग हुन नसक्नुमा निर्वाचित स्थानीय तहका प्रतिनिधिको कमजोरी रहेको आरोप मन्त्री मण्डलले लगाए । धेरैजसो ठाउँमा जनप्रतिनिधि सक्रिय हुन नसकेको मन्त्रीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्