Logo

रविन बने ‘काले काले डन’(भिडियो सहित)



काठमाडौं, ३२ साउन । चर्चित निर्देशक रविन शंकरको निर्देशन तथा मुक्ति सापकोटाको लोक दोहोरी गीत ‘नेपालकै नम्बर १ कालेकाले डन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

अहिलेसम्म बनेका लोकदोहोरी गीतका भिडियोको तुलनामा धेरै खर्च लगानी, मेहनत तथा विभिन्न स्थलहरु र सास्कृतिक महत्त्वलाई समावेस गरिएको निर्देशक रविन शंकरले बताए ।

म्युजिक भिडियो निर्देशन र नृत्यमा मोडल रविन शंकर अब्बल सावित हुँदैछन । यो गीतमा नेपालको नम्बर १ काले डनको पात्रका रुपमा चित्रित छन् ।

मुक्ति सापकोटाको शब्द लय स्वरमा देवी घर्तीको रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा कृष्ण शाह र शंकर र सुस्मिता तिवारी लगाएतको अभिनयमा मुख्य भुमिका रहेको छ । भिडियो रामेश्वर कार्कीले खिचेका हुन तारा थापा किम्भेले सम्पादन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्