Logo

दोक्लम विवादमा नेपालको समर्थन भारतलाई कि चिनलाई ? नेताहरु अप्ठ्यारोमा



साउन ३२, काठमाण्डौ । भारत र चिनबिच दोक्लम क्षेत्रको विषयलाई लिएर विवाद बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । विशेषगरी नेपालको हरेक जसो क्षेत्रमा चासो राख्ने भारत र चिनबिच विवाद हुँदा त्यसको प्रभाव नेपाली राजनीति वृत्तमा परेको हो ।
उत्तर र दक्षिणका दुई छिमेकी देशबिच विवाद हुँदा नेपाली राजनीतिक दल र सरकार अप्ठ्यारोमा परेको हो । यद्यपी सरकारले दुई देशबिचको विवादमा तटस्थ बस्ने बताउँदै आएको छ । तर यतिखेर चिनिया उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा छन् । याङले नेपाली राजनीतिक दलका प्रमुख नेताहरुसँगको भेटवार्तामा दोक्लम विवादमा चिनको समर्थन गर्न आग्रह गरेको बुझिएको छ । यस विषमा विभिन्न दलका नेताहरु पनि विभाजित देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक हप्तामा नै भारत भ्रमणमा जान लागेकाले उनले दोक्लम विवादमा भारतको समर्थन गर्ने सम्भावना धेरै छ । भारतम भ्रमणका बेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई भारतको समर्थन गर्न दबाब दिने आशंका गरिएको छ । पहिलेदेखि नै चिनसँगभन्दा भारतसँग बढि निकट सम्बन्ध रहेको भनिएका देउवा यतिखेर प्रधानमन्त्रीको हैसियतमा रहेकाले खुलेर कुनै पनि देशको समर्थन वा विरोध गर्न सक्ने अवस्थामा छैनन् । यद्यपी सत्तामा रहेका देउवाले स्वार्थ पूर्ति गर्नका लागि पनि भारतको समर्थन गर्ने बताइएको हो ।


यता पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने तटस्थ देखिएका छन् । यसअघि प्रधानमन्त्री हुँदा प्रशंसा बटुल्न सफल दाहाल अहिले विवादमा आउने डरले पनि तटस्थ देखिएको बताइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मुख खोलेर कसैको विरोध वा समर्थन गरेका छैनन् । यसअघि प्रधानमन्त्री हुँदा भारतसँग कडा रुपमा प्रस्तुत भएका ओलीलाई चिन निकट मानिन्छ । त्यसैले पनि उनले दोक्लम विवादमा चिनको समर्थन गर्ने कतिपयको विश्लेषण छ । केही दिन अघि नेपाल आएकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजसँग भेटघााट समेत नभएपछि ओली र भारतबिचको सम्बन्धमा अनक अड्कल बाजी भइरहेको छ । यता चिनिया उपप्रधानमन्त्री याङसँग भने ओलीले खुलेरै भेटवार्ता गरे ।

दोक्लम विवादका विषयमा सरकारले भने तटस्थ बस्ने बताउँदै आएको छ । सरकाका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले ऋषि धमलाको टेलिभिजन कार्यक्रममा कुरा गर्दै दोक्लम विवादमा सरकार तटस्थ बस्ने स्पष्ट पारेका थिए ।
चिनिया उपप्रधानमन्त्री याङसँगको भेटमा राजनीतिक दलका प्रमुख नेताहरुले दोक्लम विवादका विषयमा मौन रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्