Logo

संविधान संशोधन प्रक्रिया अवरुद्ध गर्दैनौँ विपक्षमा भोट हाल्छौँ : सुवास नेम्वाङ



भदौ १, काठमाण्डौ । पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले तीन दलबिचमा संविधान संशोधन र माघ सात गतेभित्र संसद र प्रदेशको चुनाव गर्ने विषयमा सकारात्मक छलफल भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको रडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दे नेता नेम्वाङले छलफलबाट सकारात्मक निष्कर्ष निश्किएको बताएँदै भने, “संविधान संशोधनलाई आजभोली नै टुङ्गोमा पु¥याउने हाम्रो आग्रहलाई अन्य दलले स्विकार्नुभयो । प्रदेश र केन्द्रिय संसदको चुनाव पनि माघ सात गतेभित्र सम्पन्न गर्ने सहमति भएको छ ।”
प्रदेश नम्बर २ को चुनाव पनि असोज २ गते नै गर्ने सहमति भएको छ ।
संविधान संशोधनको पक्षमा एमाले नभए पनि प्रक्रियामा संशोधन प्रस्ताव लैजानका लागि सहमत भएको नेम्वाङले बताए । संविधान संशोधन विधेयक अगाडि बढ्न दिने बताउँदै उनले भने, “संशोधन प्रस्तावको विपक्षमा भोट हाल्छौँ । ”

नेपाली कांग्रेस समेत संविधान संशोधनको विपक्षमा रहेको नेम्वाङको दाबी छ । प्रस्ताव पास हुने अवस्थामा संसदमा पेश नगरिएको तर राप्रपा फुटेपछि सरकारले दुई तिहाई बहुमत नल्याउने अवस्थामा सरकारले संसदमा विधेयक पेश गरेको तर्क गरे ।
संविधान संशोधनले मधेश र त्यहाँका जनताको हित नगर्ने भएकाले संशोधनको विपक्षमा भोट हाल्ने नेम्वाङले स्पष्ट पारे ।

संविधान संशोधनको विपक्षमा मतदान गर्दा प्रदेश नम्बर २ का जनताले एमालेलाई पहिलो दल बनाउने दाबी नेम्वाङको छ ।



प्रतिक्रिया दिनुहोस्