Logo

कोशीमा बगाईएका सदाको काजक्रियाको लागि तरुण दलको आर्थिक सहयोग



काठमाडौं, १ भदौ । कोशी नदिमा बगाईएका मृत बालक कमलु सदाको परिवालाई नेपाल तरुण दलले आर्थिक सहयोग प्रदान गरेको छ ।

तरुण दलले सदाको परिवारलाई विधि र परम्पराअनुसार कमलुको काजक्रिया गर्नको लागि २५ हजार रुपैयाँ प्रदान गरेको हो । सप्तरी कोइलाडी–६ का कमलुको शव पुर्ने ठाउँको अभावमा उनको शव कोशीमा बगाइएको थियो ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीको संयुक्त पहलमा उक्त रकम प्रदान गरिएको हो । महासचिव शाही विश्व यूवा सम्मेलनमा यूरोप निस्किएका थिए । अचान नेपालमा प्राकृतिक विपत्तिले असहजता निम्त्याएको खबर सुनेर स्वदेश फर्केका हुन । अहिले महासचिव शाही राहतमा जुटिरहेका छन् ।

आर्थिक रुपमा विपन्न सदाको परिवारले आर्थिक अभावका कारण काजक्रिया समेत गर्न सेकेको थिएन । आर्थिक अभावका कारण काजक्रिया गर्न नसकेको खबर कान्तिपुर दैनिकमा प्रकाशित भएपछि नेपाल तरुण दलको केन्द्रिय कार्यसमितिले उक्त रकम परिवारलाई हस्तान्तरण गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्