Logo

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन अर्थ समितिको निर्देशन



काठमाडौं, १ भदौ । व्यवस्थापिका–संसदको अर्थ समितिले बाढी पीडितलाई तत्काल राहत, शुद्ध पानी र अस्थायी बसोबासलगायतको सुविधा उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले प्रभावित क्षेत्रमा महामारीको जोखिम बढ्दै गएको भन्दै संक्रामक रोग फैलन नदिन औषधिसहित चिकित्सकलाई पठाउन निर्देशन दिएको छ ।
विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकाल्दै समितिले बाढी प्रभावित क्षेत्रमा तत्काल पीडितको सुरक्षा र आवासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सदस्यहरुले पूर्व तयारी नहुँदाको शिकार जनताले भोग्नुपरेकाले भविष्यमा बाढीबाट हुनसक्ने जोखिमलाई कम गर्न ठोस कार्यक्रम तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्