Logo

देउवा, ओली र प्रचण्डको मधेशलाई हेर्ने दृष्टिकोण नै गलत छ : उपेन्द्र यादव



संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन ठूला दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको मधेशलाई हेर्ने दृष्टिकोण नै गलत भएको आरोप लगाएका छन् । उनले खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मधेशलाई हेर्ने दृष्टिकोण नै गलत रहेको आरोप लगाएका हुन् । पत्रकार ऋषि धमलाले अध्यक्ष यादवसँग गरेको कुराकानीको सम्पादित अंश :

बाढि पीडितको घरमा नेता किन पुगेनन ?

बाढि पीडितको लागि सरकारले राहत वितरण, उद्धार र पुनःनिर्माण गरि बाढि र पहिरोको जोखिमबाट बच्नको लागि पूर्वाधारहरु पत्ता लगाउनुपर्छ । हामीले निरन्तर भन्दै आयौँ । तराईमा बन काट्ने, बालुवा बेच्ने कमाउनेहरुको कारण निर्दोष मानिसले बाढिको नाममा मर्नु परेको छ ।

त्यसो हो भने यहाँहरुले प्रधानमन्त्रीलाई किन भन्नु भएन ?

हामीले बेलाबेला भनेका छाँै । भलै सरकारका सेना, प्रहरी उत्रेका छन् । सरकारले सबै प्रक्रिया पुर्याएको छैन् ।

मधेशका राजनीतिक दलहरु कहाँ छन ?

पहिलो कुरा यो राज्य पहाडीयाहरुको हो । तराईका जनताले त जहिले आन्दोलन र अधिकारका निम्ति मर्ने हो । राज्यको नीति नै गलत छ । मधेशमा बाढि आउँदैमा सबैका हात खुट्टा गलिसके ?

प्रधानमन्त्रीलाई किन दवाब नदिएको त ?

कति भन्नु ? पहाडमा भूकम्प गएको तीन वर्ष भयो । अहिलेसम्म जनताहरु पालमा छन् । जनताको पीडालाई हाँसोमा उडाउने काम भएको छ । अरु त सब भन्ने कुरा मात्र हुन । तराईको उत्तरी भेगमा रुख रोप्नुपर्छ । तराईका दक्षिणमा बनेका बाँधको बारेमा कुटनितीक पहल चाल्नुपर्छ । अर्को बिडम्बना विश्वका मानिसहरु वायू प्रदुषणबाट चिन्तित छन् । तर सरकार र सत्ताको लागि लडिरेहका नेताहरु केही भएको छैन भने जसरी बसिरहेका छन् ।

तपाई मधेशको नेता हो ? तपाईहरुले केही गर्नु भएन रे ?

तपाई फेरी यस्तो कुरा नगर्नस् । भूकम्पका बेलामा म स्वयम् राहत बोकेर पहाड गएको थिएँ नि। यस्ता बिवादित कुरा नगर्नुस् । सरकारसँग सबथोक छ । सरकारले गर्न चाहनु पर्यो । सबथोक सरकारसँग छ । तर सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लागेका छन् । सक्ता केका लागि ? सरकारले तराईलाई अहिलेसम्म विपतकाल घोषणा गरेको छैन ।

तपाईहरु बाँधको बारेमा बोल्नु हुन्न रे नि त ?

तपाईमार्फत म अहिले नै बोलेको छु । सरकारले तत्काल समस्या समाधान गर्नुपर्छ । तराईको जंगल काटेर खायौँ । चुरे सक्यौ । त्यसैको परिणाम आजको बाढि हो । धनी बन्यौ । देशलाई जोगाउ । नक्कली राष्ट्रवादीहरु होसियार बन । जनताले धेरै सहेर बस्ने छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्