Logo

बाढि प्रभावित क्षेत्रको निरिक्षणका लागि कैलाली पुगेका प्रधानमन्त्री देउवा विमानस्थलबाटै फर्किए



नवराज खनाल कैलाली ,भाद्र १ । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागी कैलाली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभाबित क्षेत्रमा नपुगी टीकापुर विमानस्थलमा कार्यक्रमम गरी फर्किएका छन् ।

बन्द रहेको टीकापुर एयरपोर्टको चौरमै बाढीको समस्या बुझेर प्रधानमन्त्री देउवा फर्किएका हुन् । प्रधानमन्त्री देउवा बाढी प्रभाबित क्षेत्रमा नपुगी टीकापुरबाट फर्किएपछी कैलालीको भजनी नगरपालीका बाढी पीडीतहरु आक्रोसित भएका छन ।

आफु बसेको ठाउँमा आउलान र आफनो समस्या सुनाउला भन्ने आशामा बसेका बाढी पीडीतहरु प्रधानमन्त्री देउवा टीकापुरबाटै फर्कीएपछी भजनी नगरपालीका बाढी पीडीतहरु आक्रोसित भएका हुन ।

आज बिहानैदेखी प्रधानमन्त्रीलाइ भेट्न बाढी पीडीतहरु एक ठाउँमा जम्मा भएका थीए । बाढी प्रभावित क्षेत्रको स्थलगत् अवलोकन नगरीकन प्रधानमन्त्री फर्किएपछी आफुलाइ निकै दुःख लागेको भजनी नगरपालीकाका बाढी पीडीतहरुले बताएका छन ।

बाढी पीडीतहरुले आश्रय लिइरहेको स्थान हुलाकी सडक खण्ड पुग्ने सडक कालो पत्रे भए पनि प्रधानमन्त्री देउवा बाढी पीडीतलाइ भेट्न जानुभएन ।
जनता सडकमा छन, हाम्रा प्रधानमन्त्री आकाशमै उडेर हाम्रो तमाशा हेरेर जाँदा नेताहरु प्रतिको बिश्वास नै उडेको अर्का बाढी पीडीतको गुनासो छ ।

प्रधानमन्त्री आउने भनेपछी कैलालीका टीकापुर नगरपालीका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालीका लगायतका ठाउँका बाढी पीडीतहरुलेसमेत आफनो कुरा राख्ने भनेर आएका थिए ।

यस्तै, प्रधानमन्त्री देउवाले बाढी पीडीतको समस्याका बारेमा सरकार गम्भिर रहेको बताएका छन् ।

बन्द रहेको टीकापुर बिमानस्थलको चौरमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले राहतका लागी सरकार लागी रहेकाले चीन्ता नगर्न आग्रह समेत गरे ।
भजनीमा आइतबारदेखि हुलाकी सडकमा आश्रय लिइरहेका हजारौं परिवार अझै पनि घर फर्किन सकेका छैनन् ।

भजनी नगरपालिकाको वडा नम्बर ८, ३, ५, ९, २ र ४ बाढीबाट बढी प्रभावित भएका छन् । भजनीमा एघार हजार बढी जनसंख्या बाढीबाट प्रभावित भएको प्रहरीले जनाएको छ । वडा नम्बर ८ मा पाँच हजार, वडा नम्बर ३ मा दुई हजार पाँच सय, तथा वडा नम्बर ५, ९ र २ मा गरी तीन हजार बढी र वडा नम्बर ४ मा पाँच सय बढी जनसंख्या प्रभावित भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्