Logo

यस्तो छ दूधको मूल्य बढ्नुको कारण



भदौ १, काठमाण्डौ । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको छ । दूधमा बिहीबारदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ ।

नयाँ मूल्यअनुसार अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्ने छ । दुग्ध विकास संस्थान र निजी डेरीको मूल्य ७० रुपैयाँ पुगेको छ । यस अघि ६४ रुपैयाँ प्रतिलिटर रहेको थियो । दुग्ध विकास संस्थानका उप महाप्रबन्धक ईश्वरी प्रसाद अधिकारीका अनुसार दुग्ध विकास संस्थानको उत्पादनहरुको मूल्यमा १५ प्रतिशतले बढाएको बताए । कृषकहरुको आग्रह र धेरै समय पछि दुधको मुल्य बढाएको उनले बताए । बढेको मूल्यमा चार रुपैयाँ सिधै किसानलाई जाने उहांँको दाबी छ । बाँकी दुई रुपैयाँ उद्योग सञ्चालनका लागि जाने अधिकारीले बताए ।

ईश्वरी प्रसाद अधिकारी, उप महाप्रबन्धक, दुग्ध विकास संस्थान

त्यस्तै होल मिल्कको ४५ रुपैयाँ भएको छ । यसअघि ४३ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तैगरी गाईको दुधको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँ पुगेको छ । यसअघि ३८ रुपैयाँ ५० पैसा रहेको थियो । टि मिल्कको मूल्य पनि ३२ रुपैयाँ पुगेको छ । यसअघि ३० रुपैयाँ ५० पैसा रहेको छ । यसअघि २०७१ मा प्रतिलिटिर ८ रुपैयाँ बृद्धि भएको थियो । दुधको मूल्य बढेसंगै दूधका परिकारको समेत बृद्धि हुने भएको छ । यस्तै, संस्थानले घ्यू र पनिरको मूल्य पनि प्रतिकिलो १ र १ सय रुपैयाँ बढाएको छ । मिठाइको मूल्यमा पनि केही वृद्धि गरिएको छ ।

संस्थानको उक्त निर्णयको उपभोक्तावादीले आलोचना गरेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चको डीडीसीले उपभोक्ताको ढाड सेक्ने काम गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्