Logo

प्रमुख तीन दल र निर्वाचन आयोगवीच दुवै निर्वाचन एकै पटक गर्ने सहमति, मंसिर ४ गतेलाई तय भयो मिति



काठमाडौं, १ भदौ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नको लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र, र निर्वाचन आयोगवीच सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको तीन दल र निर्वाचन आयोगका पदाधिकारी सम्मिलित बैठकमा यस्तो सहमति भएको हो । तीन दल र आयोगवीच भएको सहमति अनुसार उच्च हिमाली र पहाडी जिल्ला गरि ३१ जिल्लामा मंसिर ४ गते नै निर्वाचन गर्नेगरि सहमति भएको हो ।

बैठकबाट बाहिरिने क्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भने,“भोलि वा पर्सीभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्छ, दुवै निर्वाचन एकै चरणमा गर्नेबारे सहमति भएको छ।”

त्यस्तै बाँकी जिल्लामा मंसिर २० वा २१ गते निर्वाचन हुने भएको छ ।दुई वटा मतपत्र हुनेछ । एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था गरिनेछ ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव प्रक्रियामा जाने जनाए । उनले भने,“संशोधन प्रस्ताव अब प्रक्रियाम अघि बढ्छ, हामी अवरोध गर्दैनौं, तर पारित गर्न दिँदैनौं ।”

तस्विर : मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्