Logo

युरोपा लिगको समूह चरणमा एभर्टन विजयी



काठमाडौं, २ भदौ । युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको छनौट खेलमा एभर्टन विजयी भएको छ ।

प्ले अफ पहिलो लेगको खेलमा एभर्टनले क्रोएशियाको एचएनके हाज्दुकलाई २–० ले पराजित गरेको हो । एभर्टनको जितमा माईकल किन र ईद्रिसा युएको एक–एक गोल सामेल थियो ।

पहिलो लेगको जितसँगै एभर्टनले युरोपा लिगको समूह चरणमा छनौट हुने सम्भावना बलियो पारेको छ । गएराति भएका अन्य छनौट खेलहरुमा ईटालीको एसी मिलानले मेसेडोनियाको खेन्दीयालाई ६–० ले हराँउदा नर्वेको रोजेनबर्गले नेदरल्याण्ड्सको आयाक्सलाई १–० ले तथा मेसेडोनियाको एफके भारदारले टर्कीको फेनरबाचेलाई २–० ले हराएको छ ।

गएराति भएका अन्य खेलहरुमा साईप्रसको अपोईल लिमासोल, पोर्चुगलको स्पोर्टिङ ब्रागा र रुसको एफके क्रास्नोडार पनि विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्