Logo

अबरुद्ध जलविद्युत भोलीसम्म सूचारु हुने



विद्युत सेवा बन्द भएपछि स्थानीयबासिन्दाहरु फोन चार्ज गर्न बाग्लुङ्ग तर्नुपर्ने बाध्यता
कौरव खत्री : गुल्मी ०२ भाद्र ।गुल्मीको दरमखोला लघुजल विद्युत परियोजनाको विद्युत सेवा भोलिदेखि सञ्चालन हुने भएको छ ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा सञ्चालित परोपकार सहकारी जलविद्युत परियोजना गत एक हप्ता अघिदेखि अविरल बर्षासँगै मुसिकोट नगरपालिकाको वडा नं. ७ को बसेरीका विभिन्न ठाँउहरुमा माथिबाट खसेकोे पहिरोले विद्युत नहरको बाँध पहिरो पुरेपछि र पहिरोले गर्दा विद्युत पोल भाचेको र चार छिनालेपछि विद्युत अबरुद्ध भएको थियो ।

अहिले बाँध तथा नहरमा पहिरो हटाउने र विद्युत पोल जडानको काम तिव्र गतिमा भइरहेको हुदा भोलि साँझसम्म विद्युत सेवा सूचारु हुने विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिनुभयो ।

१३५ किलोवाट क्षमता भएको विद्युत परियोजना अबरुद्ध भएसँगै नगरपालिकाको वडा नं. १,२, र ८ र गरि ३ वटा वडाका झण्डै १२ सय घरधुरीका उपभोक्क्ताहरु अन्धकारमा बस्दै आएका छन् भने विद्युत अबरुद्धले गर्दा विजुली बत्ति,उद्योग धन्दा, कलकारखाना,लगायत विद्युतीय यन्त्र समेत ठप्प भएका छन् । केहि संघसस्थाले जेनेरेटर सञ्चालन गरेर भएपनि आफ्नो सेवा दिईरहेका छन्

यता स्थानीयबासिन्दाहरु विद्युत सेवा ठप्प भएपछि आ–आफ्ना मोवाइल फोन सुचारु गर्न बाग्लुङको खर्वाङ्ग बजारमा गएर घण्टौ बसेर मोवाइल जार्च गर्न बाध्य भएका छन् । तश्वीर :कौरव खत्री



प्रतिक्रिया दिनुहोस्