Logo

कांग्रेस प्रदेश नम्बर २ का सांसदहरुको बैठकमा मन्त्रीहरुको आलोचना,



टिकट वितरणमा ध्यान दिन नेतृत्वलाई आग्रह 
काठमाडौं, २ भदौ । प्रमुख दल नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सांसदहरुको विशेष बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित् पार्टी संसदीय दलको कार्यालय बसेको सांसदहरुको बैठकले पछिल्लो समय प्रदेश नम्बर २ बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको भूमिका सन्तोषजनक नभएको भन्दै आलोचना समेत गरेका थिए ।

बैठकमा सहभागी एक सांसदले भने,‘खासगरी प्रदेश नम्बर २ बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको भूमिका राम्रो छैन, उहाँहरुले तराई मधेशमा हालै आएको बाढि पहिरोमा समेत पीडितहरुको लागि केही गर्न सक्नुभएन्।’

खासगरी प्रदेश नम्बर २ बाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु क्रमशः महेन्द्र यादव, रामकृष्ण यादव र फर्मुल्ला मन्सुरको भूमिका सन्तोषजनक नभएकोबारे आजको बैठकमा उपस्थित् सांसदहरुले टिप्पणी गरेका थिए ।

उनीहरुको मुख्य आक्रोश नै बाढि पीडितहरुको लागि राहत तथा उद्धारमा उचित व्यवस्थापन गर्न नसकेको थियो । त्यस्तै आउने असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राम्रो मान्छेलाई टिकट वितरण गर्नुपर्नेमा समेत सांसदहरुले जोड दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्