Logo

राष्ट्रपति भण्डारीद्धारा विधेयक प्रमाणीकरण



काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आर्थिक विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्