Logo

प्रधानसेनापति क्षत्रीद्वारा ‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७४’ को समुद्घाटन



काठमाडौं, २ भदौ । लगनखेलस्थित श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा एक बिशेष समारोहकाबीच प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले ‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७४’ को समुद्घाटन गरेका छन ।

उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री देव कुमार सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो । समारोहको प्रारम्भमा नेपाली सेनाको ६ वटा पृतनाहरु, मद्दती फौज र बिशेष फौज गरी सहभागी १० वटा टिमले मार्च पाष्ट प्रस्तुत गरेका थिए ।

यसैगरि, उक्त समारोहमा फ्लेम प्रज्वलित गर्ने, तोप पड्काउने, बेलुन उडाउने तथा हेलिकप्टरबाट व्यानर डिस्प्ले र पुष्पवृष्टि गरिनुको साथै ६ वटै पृतनाहरुको संयोजनमा फरक फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी तथा नृत्यहरुको अतिरिक्त सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले, समेत प्रस्तुत गरिएको थियो । यस खेलकुद प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, कबड्डी लगायतका खेलहरु समावेश गरिएको छ ।

समुद्घाटन समारोह पश्चात आइटिएफ खेलको प्रदर्शनी गरिनुको साथै प्रतियोगिताको एथ्लेटिक्स खेल अन्तरगत महिला तथा पुरुष ४०० र १५०० मिटर दौडको फाईनल खेल सञ्चालन भएको थियो ।

उक्त खेलहरुमा प्रथम, द्धितिय र तृतिय हुने सम्पूर्ण खेलाडीहरुलाई प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट पुरस्कार वितरण भएको थियो । सोही अवसरमा प्रधान सेनापति श्री क्षत्रीले विगत द्वन्द्वको क्रममा घाईते तथा अशक्त भएर पनि उच्च मनोवलका साथ विभिन्न खेल विधाहरुबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्त गरेका १३ जना नेपाली सेनाका खेलाडीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

उक्त समुद्घाटन कार्यक्रममा, भूतपूर्व प्रधानसेनापतिहरु, रथीबृन्द, रक्षा मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, नेपालस्थित बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्न २०६५ सालबाट शुरु गरिएको “प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता” राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलकुदको विकासका लागि कोसेढुङ्गा साबित भएको नेपाली सेनाले विश्वास लिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्