Logo

कांग्रेसले पार्टीको तर्फबाट बाढी पिडितलाई गर्नुपर्ने सहयोगमा कमी गरेको छैन



तराई क्षेत्रमा आएको बाढीले सबैको ध्यान तानेको छ । जिम्मेवार व्यक्ति र संस्थाहरु राहत र उद्धारमा खटिएका छन् । तर प्रमुख राजनीतिका दलको भूमिका कमजोर भयो भन्ने आरोप लागेको छ । यसै सम्बन्धमा नेपाली कांग्रेसका एक नेता विष्णु धितालसँग ऋषि धमलाले कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसले बाढी पिडितका लागि के सहयोग गरिरहेको छ ?
नेपाली कांग्रेसको सबै संयन्त्र बाढी पिडितको सहयोगका लागि खटिएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल लगायत सम्पूर्ण पार्टी पंक्ति नै बाढि पिडितको सहयोगका लागि खटिएको छ । सहयोग जुटाउने क्रम जारी छ ।

सहयोग कति जुटाउनुभयो ?
सहयोग जुटाउने क्रम जारी नै छ । हामीले बैँकर्सहरुको सहकार्यमा सहयोग जुटाइरहेका छौँ ।

जनताले परिणाम पाउनुप¥यो नि । खै परिणाम ?
हामी सहयोग उठाउने क्रममा भएकाले सम्बन्धित ठाउँमा पुगिसकेको छैन । अब हामी प्रत्यक्ष सहभागि भएर सम्बन्धित ठाउँमा सहयोग पु¥याउँछौँ । अब तत्काल सबै सहयोगि हात पिडितसमक्ष पुग्नुपर्छ ।

बैँकर्सहरुबाट कस्तो सहयोग पाउनुभएको छ ?
जति अपेक्षा गरिएको थियो, त्यति सहयोग पाउन सकेका छैनौँ ।

नेपाली कांग्रेसको भूमिका पनि प्रभावकारी देखिएन भन्ने आरोप छ नि ?
कांग्रेसले पार्टीको तर्फबाट गर्नुपर्ने सहयोगलाई कमी गरेको छैन । पार्टीका सबै सासंदको एक महिनाको तलब बाढि पिडितलाई सहयोग गर्ने भनि निर्णय गर्ने पहिलो पार्टी नै नेपाली कांग्रेस हो ।

बाढी प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको उपस्थिती किन देखिएन ?
सरकारले नै सबै सहयोग सरकारी निकायको प्रशासनिक संयन्त्रमार्फत दिने भनेकाले हामीले सहयोग रकम सरकारलाई हस्तान्तरण गरेका हौँ । तर अब सर्वोच्च अदालतले एकद्धार प्रणाली खारेज गरेपछि हामी त्यही अनुसार बाढी पीडितसमक्ष पुग्छौँ ।



प्रतिक्रिया दिनुहोस्