Logo

अनमोल केसीको ‘कृ’ले हात झिक्यो, रेखाको‘रुद्रप्रिया’सँग ‘रानी’ भिड्ने



काठमाडौ, ३ भदौ । अनमोल केसी अभिनित चलचित्र ‘कृ’ ले कात्तिक ३ गते प्रदर्शनिबाट हात झिकेपछि कात्तिक २ गते लक्ष्मी पुजाको दिन रमेश उप्रेती अभिनित फिल्म ‘ऐश्वर्य’ र रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’ भिड्ने फाइनल भएको थियो । अब यो मितिमा यी दुई फिल्मको मात्र भिडन्त नहुने भएको छ । कात्तिक २ लाई रिलिज कन्फर्म गर्दै फिल्म ‘रानी’ मैदानमा उत्रिएको छ ।

केहीदिन भित्रमा एक औपचारिक कार्यक्रमका बिच फिल्म ‘रानी’ को रिलिज घोषणा गर्ने तयारीमा निर्माण पक्ष छ । रमेश उप्रेती र रेखा थापाको भिडन्तको खबरले नै सिनेवृत तातिरहेको अवस्थामा अब ‘रानी’को इन्ट्रीले थप तरंगीत बनेको छ । फिल्म ‘रानी’मा पूर्व मिस नेपाल मलिना जोशी र अनुप विक्रम शाहीको मुख्य भूमिका छन् ।

दयाराम दाहालको निर्देशन बनेको यो चलचित्रमा अनुप र मलिनासँगै सारुक ताम्राकार र मनिष श्रेष्ठ पनि महत्वपूर्ण भूमिकामा छन् । भानु महर्जनको प्रस्तुती रहेको चलचित्र ‘रानी’ मा यम थापाको लेखन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन, पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी छ भने अर्जुन पोखरेल, विजय घिमिरे र निर्देशक दाहाल आफैंले संगीत दिएका छन्।



प्रतिक्रिया दिनुहोस्