Logo

नेपाल आईडलबाट सुरज बाहिरिदै गर्दा ईन्द्रीरालाई समेत रुवाए



काठमाडौ, ३ भदौ । चर्चित रियालीटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । टप ६ का प्रतियोगीबीचको प्रतिस्पर्धाबाट उद्घोषकले सुरज बाहिरिएको घोषणा गर्नासाथ जजहरु इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाका साथै अन्य प्रतियोगी तथा उपस्थितहरु निकै भावुक बनेका थिए ।

इन्दिरा जोशी सुरज बाहिरिएसँगै उनीमाथि टिप्पणीगर्ने क्रममा गला नै अबरुद्ध बनेको थियो । आँसु झारेकी थिन् । सुरजले भने आमाबाबुको सपनालाई लत्याएर आफू यो क्षेत्रमा आएको भएपनि अहिले खुसी बनाउन सकेकोमा सन्तोष व्यक्त गरेका थिए ।

उनले भने,‘आमाबाबुको सपनालाई लत्याएर म यो क्षेत्रमा लाग्दा उहाँहरु दुःखी हुनुभएको थियो, तर नेपाल आइडलको ४ महिनाको बीचमा उहाँहरु निकै खुसी हुनुभएको छ ।’ उनले अघि थपे,‘आफू अन्तिम ६ को प्रतिस्पर्धाबाट बाहिरिन पुगेपनि जितेर गएको जस्तो अनुभूति भएको छ।’

उनले यसरी आफ्ना मनका बहहरु पोखि रहँदा सबैका आँखा रसाएका थिए । स्वदेश तथा विदेशमा बसेर हेरिरहेका दर्शकले गहिरो टिप्पणी गरेका छन् ।

उनीसँगै बटम थ्रीमा सुजाता पाण्डे र निशान भट्टराई परेका थिए । उनले भन्दा बढी भोट ल्याएको आधारमा निशान र सुजाता भने अन्तिम ५ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् । अब अन्तिम ५ मा निशान र सुजातासँगै, बुद्ध लामा, सागर आले र प्रताप दासबीच प्रतिस्पर्धा हुने छ ।



प्रतिक्रिया दिनुहोस्