Logo

पत्रकारहरुको चुनावमा दलीय ह्विप



patrakar tin neta

के बन्दै महासंघ बुख्याचा कि ब्यवसायिक संगठन ?
शशी कोइराला, काठमाडौ, ३ भदौ । राज्यका प्रमुख आधार स्तम्भको रुपमा रहेका तीन अंगलाई शक्ति बाहिर बसेर जनताको तर्फबाट निरन्तर अनुगमन गर्ने चरित्रको कारण चौथो अंगको रुपमा स्विकार गरिएको नेपालको पत्रकारिता क्षेत्र आफ्नो कर्तब्य र उत्तरदायित्वबाट क्रमसः च्यूत हुँदै कुनै अमुक राजनीतिक दलको प्रत्यक्ष निर्देशनमा चल्ने भातृ संगठनको रुपमा रुपान्तरण हुन थालेको आभाष हुन थालेको छ ।
नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको आसन्न नयाँ नेतृत्व चयन गर्ने अधिवेशनमा त्यस्तो चरित्र उदाङ रुपमा बाहिर आएको छ ।
आसन्न निर्वाचनमा नेपाल पत्रकार महासंघको स्थापनाकालदेखी नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाल प्रेस युनियन, आसन्न महाधिवेशनमा सबैभन्दा बढी पार्सद निर्वाचित गराएर ठूलो संगठन बनेको प्रेस चौतारी नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर र मधेस केन्द्रीत संगठन आबद्ध पत्रकार संघमार्फत आ–आफू निकटहरुलाई निर्वाचित गराउन दलहरु खुलेरै लागेका छन ।
यतिमात्रै होईन, प्रमुख दलहरुले ह्विपकै शैलीमा आफू पक्षधहरुलाई विजयी बनाउन निर्देशन र परिचालन समेत गरिरहेका छन ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा निर्माण भएको नेपाली कांगे्रस र माओवादी केन्द्र निकट पत्रकार संघ संस्थाको एलाईन्सका उम्मेदवारहरुलाई कुनै पनि हालतमा विजयी बनाउन त्यही ढंगले आफू समर्थकहरुलाई परिचालन गर्न पार्टीका सूचना हेर्ने नेता देखी पार्टी निकट पत्रकारहरुका नेताहरुलाई बोलाएर निर्देशन दिएका छन । देउवाले कुनै पनि हालमा एलाईन्सका उम्मेदवारहरुलाई विजयी बनाउन तर्फ केन्द्रीत हुन भनेका छन ।
सो एलाईन्सका उम्मेदवारलाई विजयी बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आफू स्वयम लागि परेका छन । उनले आफ्ना पार्टी पंक्तिहरुलाई परिचालन गरेका छन । माओवादी केन्द्र निकट रहेका पत्रकार उजिर मगरको स्वतन्त्र उम्मेदवारीलाई लिएर दाहालले गरेको प्रयत्नले पनि निर्वाचनमा उनको दलको चासोलाई प्रष्ट बनाउँछ ।
मगर आफैले प्रचण्डले आफूलाई उम्मेदवार नबन्न दवाव दिईरहेको र भेटको लागि पटक पटक बोलाएको खुलासा गरिसकेका छन । सो प्यानलबाट गोविन्द आचार्यको नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।
त्यसैगरी नेकपा एमालेले पनि आफू निकट पत्रकारहरुको प्यानल तय गर्न प्रत्यक्ष भूमिका खेलेको छ । उसको प्रचार विभागले उम्मेदवारी चयनदेखि अहिले प्रचार प्रसार र पार्टी पंक्ति परिचालनमा प्रत्यक्ष संलग्नता देखाउँदै आएको छ ।
पार्टी प्रचार विभागका नेतृत्वहरु आफै चुनावी अभियानमा जुटेकोले पनि यसमा पार्टीको स्वार्थ प्रष्ट हुन्छ । एमालेका नेताहरुले आफू समर्थित पत्रकारहरुलाई दिन दिनै जसो कार्यक्रमको आयोजना गर्दै अभिमुखिकरण गरिरहेका छन । शनिवार नै पनि अध्यक्ष केपी ओलीले उनीहरुसँग आगामि निर्वाचनको विषयमा छलफल र निर्देशन दिएका छन ।
मधेसी दलका नेताहरुले पनि जुनसुकै एलाईन्सबाट विजयी भएपनि मधेसी उम्मेदवारहरुलाई भोट दिन आफू निकटहरुलाई निर्देशन दिएका छन ।
पत्रकार महासंघको निर्वाचनमा राजनीतिक दलहरुको सक्रियता र चिन्ताले विशुद्ध पत्रकारहरुको पेशागत संगठन राजनीतिक दलको भातृ संगठन बनाउने होडबाजी भएको प्रष्ट हुन्छ । पत्रकारहरुको चुनावलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको पछिल्लो अनुभवले अब पत्रकार महासंघ बास्तवमै पत्रकारहरुको हित गर्ने संगठन बन्छ कि कुनै अमुक दलको राजनीतिक एजेण्डालाई अभिबढाउने बुख्याचा बन्छ ? गंभिर प्रश्न खडा भएको छ ।



प्रतिक्रिया दिनुहोस्