Logo

फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण



सिरहा, ३ भदौ । फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.बिरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

प्रति परिवार खाधान्नमा २५ केजी चामल, चिउरा, दाल तथा ओढने कम्बल, ओछ्याउने तन्ना (जाजिम) र त्रीपालसहितको राहत सामग्री बितरण गरिएको हो ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद महतोले तराईमा सरकारले बाढी समस्याको दिर्घकालिन समाधानको लागि गम्भिरता अपनाउनुपर्ने बताए ।
देशको पहाडमा पहिरो र तराईमा बाढी पछिल्ला केही वर्षयता हरेक वर्ष आउने नियमित प्राकृतिक प्रकोप बनिसकेकोले यसबाट बच्नको लागि सरकारले बेलैमा दिर्घकालिन समाधान खोज्नुपर्ने उनको भनाई थियो ।

सांसद महतोले अघि भने,‘हामी जतिबेला दुःख पर्छ त्यतिवेलामात्रै तात्ने गर्छौ, हरेक वर्ष यसबारेमा चर्चा हुने गर्छ, जब बाढीले आफ्नो विकराल स्वरूप देखाउँछ, ठूलो धनजनको क्षति गर्छ, बाढी सकिँदै गएसँगै यस्ता चर्चापनि विस्तारै सेलाउँदै गएको हामीले देखेका छौं।’

बाढीको प्रकोप विगत केही दशकयता झन् उग्र भएर आइरहेको कहालीलाग्दो अवस्था केलाउँदै समाजसेवी समेत रहेका डा. महतोले तराई मधेशमा विशेषगरी बाढी प्रभावित जिल्लाहरुमा सरकारले सुरक्षित ठाउँमा एकीकृत बस्ती बसाल्नुपर्नेमा जोड दिए ।

सरकारले बाढी प्रभावित जिल्लाहरुमा बेलैमा ध्यान–दृष्टि पुर्याउन नसक्दा अहिले यत्रो मात्रामा धनजनको क्षति हुन पुगेको गुनासो पोख्दै सांसद महतोले यस्तो पीडाको घडीमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले एक जुट भएर पीडितहरुको दुःखमा मल्हम लगाउन आफूले सकेको सहयोग गर्नुपर्ने सुझाव दिए ।

उनले भने,‘हेर्नुहोस, तपाई हामीले जे पाएका छौं, यही समाजबाट पाएका हौं, त्यसैले अहिले समाजमा यत्रो ठूलो विपद् आईपरेको छ, यस्तो दुःखमा हामीले जे सक्छौं दिलभित्रबाटै सहयोग गर्नुपर्छ।’ उनले मुलुकमा आईपरेका विपद्हरुमा ट्रष्टले विगतमा समेत आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आईरहेको जनाउँदै बाढी पीडितहरुको लागि पनि छिट्टै विशेष प्याकेजको घोषणा गर्ने विश्वास दिलाए ।

तस्विर : कुमार बिष्ट



प्रतिक्रिया दिनुहोस्