Logo

केन्द्र र प्रदेशको निर्वाचन तोकिएको मितिमैै हुनुपर्छ : महासचिव शाही



काठमाडौ, ३ भदौ। नेपाल तरुणदलका महासचिव भुपेन्द्रजङ्ग शाहीले बाढी प्रभावित क्षेत्रका पीडितहरुलाई यथासक्य उद्दार र राहत प्रदान गर्न सरकारसङ्ग माग गरेका छ्न।

नेपाल बिद्यार्थी संघ कालिकोट-काठमाडौ सम्पर्क समितिले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै महासचिव शाहीले यस्तो माग गरेका हुन । बाढी प्रभावितको राहतका निम्ति आयोजना गरिएको भेटघाट कार्यक्रममा महासचिव शाहीले नेपाल विद्यार्थी संघलाई बाढी प्रभावितको उद्दार र राहतमा क्रियाशिल भएर लाग्न निर्देशन दिए।

नेपाल बिद्यार्थी संघका पुर्व उपाध्यक्ष समेत रहेका शाहीले प्रदेश र केन्द्रको चुनाव तोकिएकै समयमा हुनुपर्ने बताएका छन। साथै निर्वाचनको तयारमा जुट्न र कालिकोटमा काङ्ग्रेसलाई बलियो बनाउन सबैले उदार मनकासाथ लाग्नु पर्नेमा जोडदिए ।

सम्पर्क समितिका अध्यक्ष मेघराज बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा हिक्मत बिष्ट, टेकराज शाही, अशोकनाथ योगी, मिन ब.सहकारी, दमनराज शाही, नेविसंघका केन्द्रिय सदस्य अर्जुन बम लगाएतको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्