Logo

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति



उर्लाबारी मोरङ, ४ भदौ । उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा १२ लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीका बलवीर थापा र सन्त धिमालको घर भत्काएको हो ।

हात्तीले थापाको एक तले पक्की घर भत्काउँदा रु १२ लाखको क्षति भएको हो । थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले आज बिहान २ बजे धिमालको फुसको घर भत्काउँदा रु ३५ हजारको क्षति भएको छ । हात्ती राति नै मिक्लुङक जंगलतिर गएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्