Logo

एन्सेलोटीमाथि बार्यनको प्रतिबन्ध



एजेन्सी, ४ भदौ । बार्यन म्यूनिखका नवनियुक्त स्पोर्टिङ डाइरेक्टर हसन सालीहामिजिकले नयाँ नियम लागू गरेका छन्। जसमा प्रशिक्षक कार्लो एन्सेलोटीले क्लव परिषरमा धुम्रपान गर्न नपाउने पनि सामेल छ ।

यी इटालियनलाई चुरोटसँगै चुइङगममा प्रति प्रतिबन्ध लगाइएको छ, जुन उनले कार्य समयभित्र प्रयोग गर्न पाउनेछैनन् । डाइरेक्टर सलिहेडजिकले एक उत्कृष्ट व्यवसायिक व्यक्तिको रुपमा आफ्नो पत्र स्वीकार गरेकोमा एन्सेलोटीको प्रशंसा गरेका छन् ।

पत्र बुझेपछि एन्सेलोटीले प्रतिक्रिया दिएका छन्, ‘मेरो स्वास्थ्यका लागि यो निक्कै राम्रो कुरा हो, मेरी पत्नी अहिले खुसी छिन् ।’ एन्सेलोटीलाई सन् २०१० मै धुमपान नगर्न चिकित्सकले सुझाएका थिए । उनी २५ वर्षको उमेरदेखि नै धुमपानका अम्मली हुन्, जतिबेला उनी खेलाडी नै थिए ।



प्रतिक्रिया दिनुहोस्