Logo

दीपक मनाङेलाई विशेष अदालतद्वारा सफाई



काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गरेका राजीव गुरुङ (दीपक मनाङे) ले विशेष अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीश प्रभा बस्नेतलगायत तीन जनाको इजलासले आइतबार मनाङे र उनकी जेठी श्रीमती पासाङ डोमा शेर्पालाई सफाइ दिएको हो ।
मनाङेविरुद्ध ०७० जेठ २ गते विषेश अदालतमा १४ करोड ८९ लाख अकुत सम्पत्ति थुपारेको भन्दै विभागले मुद्दा दायर गरेको थियो । उनलाई बिगोको रकम र सोको दोब्बर जरिबानासहितको मुद्दा विषेश अदालतमा चल्दै आएको थियो ।
राप्रपा मनाङका अध्यक्षसमेत रहेका मनाङेले ढिलै भएपनि आफूले न्याय पाएकोृ बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्