Logo

तेस्रो पटक मन्त्रिमण्डल विस्तार, ८ जना राज्यमन्त्री थपिए



काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ ।

मोहम्मद जाकिर हुसेन महिला, बालिकालिका तथा समाज कल्याण, रामसिंह यादव स्वास्थ्य, श्यामकुमार श्रेष्ठ गृह, शम्भुलाल श्रेष्ठ ऊर्जा, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवर पशुपक्षी विकास र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उहाँहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्