Logo

स्नातकोत्तर तह एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशन



काठमाडौँ, ४ भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन-चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए दोस्रो वर्ष २०७३ नियमितको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

त्यस्तै २०७३ सालमा सञ्चालित कानून संकायतर्फ बिए एलएल बी तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ ।

परीक्षाफलwww.edusanjal.com, www.eductionsansar.com, मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्