Logo

रात परेपछि यस्तो सहमति गरे देउवाले प्रचण्डसँग



काठमाडौ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन सम्मनै चुनावी तालमेल र सहकार्य गर्ने गरी चार महत्वपूर्ण सहमति गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुसहित भएको बैठकमा राप्रपाले संविधान संसोधनमाथिको समर्थन फिर्ता लिएरपछि उत्पन्न परिस्थितिमा विद्येयकको भविष्य, संघीय र प्रादेशिक निर्वाचनको मिति घोषणा, मन्त्री परिषदको थप विस्तार र सहकार्य विस्तार सहितका विषयमा छलफल भएको थियो ।
बैठकले संविधान संसोधन विद्येयक पारित हुने अवस्था नभएपनि राजपासँग गरेको सहमति अनुसार विद्येयकलाई अगाडि बढाउने निष्कर्स निकालेको एक नेताले जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै निर्वाचनको मिति घोषणा गर्ने र भोली नै कांगे्रससहितका सत्तारुढ दलहरु सहित राज्यमन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्ने सहमति भएको बताईएको छ ।
त्यसरी नै दुई पार्टीविचको सहकार्यलाई अझै विस्तार गर्दै आगामि स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा समेत सहकार्य जारी राख्ने गरी टिम नै गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्