काठमाडौँ, ५ भदौ । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।
महासङ्घको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना ९विद्रोही० बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ ।

पैंतालीस सदस्यीय कार्यसमितिका लागि आज दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन् । मतगणना नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिनुभयो । रासस

तस्बिर-मुकुन्द कालिकोटे




प्रतिक्रिया