Logo

संविधान संसोधनको पट्यारलाग्दो बहस



काठमाडौ, ५ भदौ । सत्तापक्ष र प्रतिपक्ष दुबै पक्षका संसद सदस्यहरुले नतिजाको पूर्वअनुमान गरेका कारण ब्यवस्थापिका संसदमा सोमबार पट्यारलाग्दो ठंगले संविधान संसोधन विद्येयकमाथिको छलफल जारी रहेको छ ।

सत्तारुढ दलका सांसदहरु प्रतिपक्षहरुले विद्येयकको विरुद्धमा मतदान गर्ने पूर्वानुमानमा सफल नहुने अनुमानसहित प्रतिपक्षलाई सहयोग गर्न आग्रह गरिरहेका छन । उनीहरु बाहिरबाट भित्र आउँदै आफ्नो धारणा राखेर संसदको चमेनागृहमा फर्किएर गफिने गरेको देख्न सकिन्छ ।

प्रतिपक्षी दलका सांसदहरु पनि सरकारले पेश गरेको संविधान संसोधन विद्येयक पारित नहुनेमा ढुक्क देखिदै सरकारले उपयूक्त समयमा विद्येयक नल्याएकोले यसलाई फिर्ता लिन आग्रह गरिरहेका छन । प्रतिपक्षी सांसदहरु समेत आउँदै आफ्नो धारणा राखेर चमेनागृहमा सरकारले घोषणा गरेको निर्वाचनको मितिको विषयमा अनौपचारिक बहसमा ब्यस्त भएको देख्न सकिन्छ ।

संसद भवनामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई पटक आएर फर्किए, गृहमन्त्री जनार्दन शर्मा पनि तीन पटक संसद भवनमा आए र फर्किए ।

संसोधन विद्येयक माथिको छलफल चलिरहेको र संसदहरु बोल्ने क्रम जारी रहेपनि संसद भवन भन्दा बढी सांसदहरु चमेनागृहमा देखिन्छन ।



प्रतिक्रिया दिनुहोस्