Logo

संविधान संशोधनको प्रयास यसरी भयो असफल, मतदानमा जाँदा ४८ मत पुगेन



भदौ ५, काठमाण्डौ । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक पास फेल जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत भएसँगै अघि बढाइएको थियो ।

केही दिनको दफावार छलफलपछि संशोधन विधेयक सोमबार निर्णयार्थ पेश भयो तर, पास गर्न आवश्यक दुई तिहाई पुगेन । संसदमा हाल ५९२ सांसद् छन् । जसअनुसार विधेयक पारितका लागि ३९५ मत आवश्यक पर्छ । ५९२ मध्ये संशोधन विधेयकमा सभामुखसहित दुई जनाको मताधिकार छैन ।
तर सरकारले प्रस्तुत गरेको संशोधनको प्रस्तावको पक्षमा मात्र ३४७ मत जाहेर भयो । अर्थात संविधान संशोधन हुनका लागि ४८ मत पुगेन ।
विपक्षमा २०६ मत खसेको छ । मतदानमा संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् ।
संसदको बैठकमा ५५३ सांसद उपस्थित थिए ।

प्रमुख प्रतिपक्षी एमालेसहितको बिपक्षी गठबन्धन, राप्रपा लगायतका दलले विधेयकको बिपक्षमा मतदान गरेपछि संविधान संशोधन विधेयक पहिलो पटक संसदबाट असफल भएको हो । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत दलहरुले विधेयकको पक्षमा मतदान गरेपनि आवश्यक मत भने पुग्न सकेन । विधेयकको बिपक्षमा मतदान गर्न राप्रपाले आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो । संविधानमा भएको व्यवस्था अनुसार दुई तिहाई बहुमत नपुगेपछि प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भयो ।



प्रतिक्रिया दिनुहोस्