Logo

संशोधन विधेयक असफल भएसँगै प्रधानमन्त्री देउवाको राजिनामा माग, नैतिकताका आधारमा देउवा संकटमा



काठमाडौ, ५ भदौ । सरकारले पेश गरेको संविधान संसोधन विद्येयक संसदमा दुई तीहाई बहुमत प्राप्त गर्न नसकी असफल भएलगत्तै सरकारको नैतिकताको विषय उठेको छ ।

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको संविधान संसोधन विद्येयक संसदबाट असफल भएपनि अब प्रधानमन्त्रीले पदमा रहीरहने नैतिकता गुमाएको बताए ।

उनले भने– सरकारको प्रस्ताव असफल भएपछि अब प्रधानमन्त्रीलाई पदमा बसिरहने नैतिकता छैन । भोली नेपाली जनताले उहाँको राजिनामाको सामाचार सुन्न पाउनु पर्छ ।
खनालले राष्ट्रघाती प्रस्ताव भएकोले संसदले त्यसलाई असफल बनाएको भन्दै यो नेपाली जनताको ऐतिहासिक जीत भएको तर्क गरे ।

राजपाका नेता लक्ष्मणलाल कर्णले संसदमा संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनु सकारात्मक भएको भन्दै यस विषयमा भोली आफूहरुले बसेर थप छलफल गर्ने बताए ।
उनले संविधान संसोधन प्रस्ताव पारित नहुनुमा एमाले दोषी रहेको भन्दै एमालेकै कारण जनताको चाहना पुरा हुन नसकेको दावी गरे ।

कांग्रेस नेता डा. प्रकाशशरण महतले भने यतिबेला नैतिकताको कुरा उठाउनु बेमौसमी बाजा भएको भन्दै प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्