Logo

अखिल(क्रान्तिकारी) को २१ औँ सम्मेलनको तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने



काठमाडौं, ६ भदौ । अखिल (क्रान्तिकारी) एकताको २१ औँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिल (क्रान्तिकारी)ले यस्तो जानकारी दिएको हो ।

भदौ ८ गते राजधानीको वाल्मिकी विद्यापिठमा सम्मेलनको उद्घाटन हुने आयोजकले जानकारी दिएको छ ।

संगठनका अध्यक्षले नरेन्द्र न्यौपानेले २१ राष्ट्रिय सम्मेलनमा समाजवादी शिक्षा र नीतिको बारेमा वहस हुने जानकारी दिए ।

अध्यक्ष न्यौपानेले भने,‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान’ भन्ने मुलनाराका साथ यो सम्मेलन सफल हुनेछ, सकभर हामी सहमतिबाटै उम्मेदवारको टुङ्गो लगाउने छौँ, यदि त्यसो गर्न सकिएन भने लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुनेछ।’

आयोजक गरी २०२६ जनाको सहभागिता रहेन सम्मेलनले एक अध्यक्ष, ४ खुल्ला उपाध्यक्ष, ४ समावेशी उपाध्यक्ष, १ मनोनित उपाध्यक्ष, १ महासचिव, ३ खुल्ला उप–महासचिव, १ छात्रा उपमहासचिव, १ मनोनित उपमहासचिव, ७ प्रदेश स्तरीय सचिव, १ विश्वविद्यालय सचिव, २ खुल्ला सचिव, ६ समावेशी सचिव र १ कोषाध्यक्ष मनोनयनको लागि ७ गते उद्घाटन भएको सम्मेलन ८ देखि ११ गतेसम्म किर्तिपुरमा समापन हुने आयोजकले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्