Logo

सहकारी नीति बनाउँदा विज्ञको सुझाव लिनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे



काठमाडौं, ६ भदौ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नको लागि सहकारी नीति बनाउँदा विज्ञहरुलाई समेटी बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजधीमा विश्वास बहुउदेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक सधारण सभामा बोल्दै पूर्व अर्थ मन्त्री पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटीएकोले रहेक निकार्यको नीति फितलो भएको कुरा औल्याउनुभयो ।

सहकारीले जनताको पैंसा जोखिममा पर्न नदिन लगानीको विकल्प खाज्न पनि आग्रह गर्नुभयो । सबै निकायको जिम्मेवार नियकाय सरकार भएकाले सहकारीको समस्यालाई सरकारले नै छलफल गरि निराकरण गर्नुपर्ने बताउनुभयो । मन्त्री पाण्डेले सरकारले खर्च गरे मात्र जनताको धन बचत र लागानी हुने बताउनु भयो ।

कुनै पनि व्यक्तिले आफुलाई आवश्यक पर्ने धन आफैं कमाउनृ र पूर्खाको धनको भर पर्न नहुने बताउँदै प्रत्येक व्यक्तिलाई व्यवसायी बन्न आग्रह गर्नुभयो । कुनै पनि देशको आर्थिक उन्नति हुनको लागि त्यस देशको मानिसहरु उद्यमी र व्यवसायीक बन्नु पर्ने जोडदिनुभयो ।

मन्त्री पाण्डेले सहकारीको विकासले देशको आर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै सहकारीको समस्यामा आफु र सरकार पनि जिम्मेवार पूर्वक लाग्ने बताउनु भयो । मन्त्री पाण्डेले १९ औं वार्षिकोत्सको सफलताको कामना गर्दै सहकारी नीतिको लागि आवश्यक गर्नुपर्न बताउनु भयो ।

विश्वास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रमेश गौतमले २०५६ सालमा ३९ लाख शेयर संकलन गरी २९ लाख १४ हजार ७१७ रुपैयाबाट कारोबार सुरु भएको र आर्थिक वर्ष २०७३÷७४ मा मात्र संस्थाले १९ करोड ३४ लाख शेयर पुंजी संकलन गर्न सफल भएको जानकारी दिनुभयो ।

संस्थाका सल्हकार नारायण घोरासैनीले राज्यको तर्फबाट सहकारीलाई अन्यायमा पारेको आरोप लगाउनु भएको छ।कार्यक्रममा विभिन्न संस्थाका क्रियाशिल कर्मचारी तथा प्रतिनिधिहरुलाई नगद सहित सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्