Logo

शेयर बजारमा मंगलबार सुधार, कुन कम्पनीको कारोबार कस्तो ?



भदौ ६, काठमाण्डौ । साताको पहिलो र दोस्रो दिन लगातार ओरालो लागेको शेयर बजार मंगलबार सुधार भएको छ । दुई दिनमा करिब १७ अंकले घटेको नेप्सेमा मंगलबार दुई दशमलब चार आठ अंकले सुधार आएको हो । बजार बन्द हूँदा नेप्से परिसुचक एक हजार ६ सय १४ दशमलब शुन्य पाँच अंकमा पुगेको छ ।
आइतबार ११ दशमलव ७८ र सोमबार ६ दशमलव ४ शून्य अंकले घटेको बजारमा मंगलबार साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ४८ अंकले उकालो लागेर १ हजार ६ सय १४ दशमलव ०५ को बिन्दुमा आएर कारोबार बन्द भएको छ ।

परिसुचक बढेसँगै मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५२ अंकले उकालो लागेर ३ सय ३९ दशमलव ३८ अंकमा पुगेको छ । मंगलबार कारोबारमा आएका आठ समूहमध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स बाहेकका सबै समूहमा बढेपछि समग्र बजार सुधारोन्मुख देखिएको छ ।

मंगलबार सबैभन्दा बढी जलविद्युत समूह ११ दशमलव ३६ अंकले उकालो लागेर १ हजार ८ सय ५७दशमलव ६८ अंकमा कारोबार बन्द भएको छ । त्यसैगरी बीमा समूहको परिसुचक ८ दशमलव १५ अंकले, बैंकिङ समूह १ दशमलव ०२ अंकले, विकास बैंक २ दशमलव ८ अंकले, होटल समूह २ दशमलव ८२ अंकले र अन्य समूह ७ दशमलव ५२ अंकले बढेको छ । मंगलबार उत्पादन तथा प्रशोधन समूह ११ दशमलव ६४ र वित्त समूहको परिसुचक शून्य दशमलव ९६ अंकले ओरालो लागेको छ । नेप्से परिसुचक बृद्धिसँगै मंगलबार कारोबार रकममा पनि बृद्धि भएको छ । सोमबार ५२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा मंगलबार १ सय ६१ कम्पनीको ७२ करोड ३१ लाख ६६ हजार ६ सय ५१ रुपैया बराबरको कारोबार भएको छ । ११ हजार ६ सय ५० वटाको कारोबारबाट १७लाख ८९ हजार १ सय ४ कित्ता शेयरहरुको किनबेच भएको छ । कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनरले अग्रता लिएको छ । यस कम्पनीको ४ करोड ७९ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र प्राइम लाइफ इन्सुरेन्स परेका छन् । जसमध्ये हिमालयन पावर पार्टनरको सर्वाधिक ४ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल बैंक लिमिटेडको ४ करोड ३५ लाखमाथिको शेयर कारोबार भएको छ ।

आज सर्वाधिक कमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ता रहेका छन् । यसदिन यो कम्पनीको शेयर मूल्य ७ दशमलव ४४ प्रतिशतले बढेको छ । त्यस्तै मिसन डेभलपमेन्ट बैंक लिमिटेडको ७ दशमलव २२ प्रतिशतले शेयर मूल्य बढेको छ । मंगलबार कारोबारमा सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्टीलरी लिमिटेडका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य आज ३ दशमलव ९८ प्रतिशतको गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस्