Logo

प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान-फोटोफिचर



काठमाडौ, ७ भदौ । छिमेकी मित्र राष्ट्र भारतको पाँच दिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ दिल्ली प्रस्थान गरेका छन ।

पत्नी आरजुसहित भ्रमण टोलीका सदस्यहरुको नेतृत्व गर्दै देउवा केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नयाँ दिल्लीको लागि प्रस्थान गरेका हुन ।

तस्बिर मुकुन्द कालिकोटे

उनलाई विदाई गर्न सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मासहित मन्त्री र सरकारी पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

देउवाको यस्तो छ कार्यक्रम
प्रधानमन्त्री लगायतको एउटा सानो टिम राष्ट्रपति भवनमा बस्ने छ भने डेलिगेसनका अन्य सदस्यहरु खान मार्केटमा रहेको ताजमानसिंह होटलमा बस्ने तय गरिएको छ । राष्ट्रपति भवनमा लञ्च तथा केहीबेर आराम गरेपछि देउवाको कार्यक्रम सुरु हुने छ ।

केही समयदेखि बिरामी भई घरमा नै आराम गरिरहेका नेसनलिष्ट कङग्रेस अफ इन्डियाका महासचिव डिपी त्रिपाठीलाई उनको घरमा नै गएर प्रधानमन्त्रीले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस लगत्तै देउवा दिल्लीस्थित नेपाली दूतावासमा पुग्ने छन, जहाँ उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । तीन बजेबाट देउवाले नेपाली समुदायसँग भेट्ने तथा उनीहरुको ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । त्यसपछि आजै साँझ देउवाले नेपालमा लगानी भित्र्याउने सम्बन्धमा बिजनेस समुदायसँग अन्र्तक्रिया गर्ने कार्यक्रम छ । देउवाको मुख्य राजनीतिक भेटघाट भने भोलिको लागि तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्