Logo

नेविसंघ चितवनद्धारा राहत वितरण



 

चितवन, ७ भदौ । नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष नबिन राइले मुलुकलाई परेका असहजतामा रहत प्रदान गर्दै आएको चितवनका बाढि पीडितले राहतको भरमा बाँच्नुपर्ने स्थिति आएको बताएका छन।

नेपाल विद्यार्थीसंघ चितवनको समन्वयमा भरतपुर महानगर पालिका २८ लखौरिमा आवस्थित श्री आधारभुत प्राथमिक बिद्यालय चितवनमा सम्पन्न बाढी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री एबम रहत बितरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु अर्जुन बम, कमल बुड र राजा बाबु शाहले आफ्नो धारणा राखेका थिए । नेबिसंघ चितवन जिल्लाको सभापति सुर्य ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली जनतालाई सुख दुखमा साथदिने पार्टी नेपाली कंग्रेस र विद्यार्थीहरुको हक हितमा लड्ने संगठन नेपाल विद्यार्थीसंघ रहेको दावी गरे । कार्यक्रममा ३०० विद्यार्थीलाई शैक्षिक सामाग्री र २०० घर परिवारलाई रहत वितरण गरिएको थियो।

तस्बिर– प्रदिप सिलवाल



प्रतिक्रिया दिनुहोस्