Logo

प्रधानमन्त्री देउवाको पाँचदिने भारत भ्रमण सफल हुन्छः राजदुत उपाध्याय



भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने भारत भ्रमण पूर्ण रुपमा सफल हुने दाबी गरेका छन् ।
प्रधानमन्त्री देउवा आफैँ अनुभवी र ज्ञानको कमी नभएका व्यक्ति भएकाले भ्रमण सफल बनाउने तर्क उपाध्यायले गरेका छन् ।
नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने बहुचर्चित कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलाले राजदुत उपाध्यायसँ गरेको कुराकानीको सम्पादित अंश:

प्रधानमन्त्रीको भारत भ्रमण कस्तो रहन्छ ?

राम्रो रहन्छ । हामी सबै मिलेर सफल बनाउनु पर्छ । शेरबहादुर देउवा खारिएको राजनेता हुनुहुन्छ । अनुभवि नेता हो । तपाईलाई अनुरोध गर्छु एक हातले तालि बज्दैन ।  यसको तातपर्य के हो भने, भारत र नेपालको बीचमा भएका सम्झौताहरु पुरा गर्नको लागि इच्छाशक्ति पाएको छु । दुवै देश र जनताको हित हुने खालका कार्यगर्नु नै आजको आवश्यकता हो । अलमलमा पर्ने होईन । जनतालाई भ्रममा नराख्ने र नयाँ सम्झौता गर्दा खेरी देशको हितलाई सम्झीनु पर्छ ।

यो भ्रमणमा कुन–कुन कुरामा हस्ताक्षेर हुन्छ ?

अहिले पनि गृहकार्य भइरहेको छ । हाम्रो देशमा बाढिले ठुलो असर पारेको छ। त्यस्तै भारतको बिहार राज्यमा पनि त्यस्तै असर परेको छ । यसको बारेमा पनि गहन भएर दुवै देशका नेताले गृहकार्य गर्नुपर्ने हुन्छ । भारतको नेतृत्व पनि यसका बारेमा सकारात्मक छ ।

प्रधानमन्त्री देउवाले सिमा बाँधको बारेमा कुरा राख्न सक्नु होला ?

किन नसक्ने सक्नु पर्यो नि । नेपालका सबै प्रधानमन्त्रीले राख्नु भएको छ । राजकिय भम्रणले सम्बन्ध सुधार र नयाँ योजनाहमा सम्झौता हुन्छ । पावर विकासको लागि पनि छलफल हुन्छ । उर्जाको बारेमा भएका सम्झौता कार्यन्वयन हुन्छ ।

यस पटकको भ्रमणमा उर्जाको विषयमा सम्झौता हुँदैछ ?

होईन । नयाँ होईन पुराना जति पनि सम्झौता छन् । ति सम्झौतालाई कार्यन्वयन गर्ने हो । उच्च तहमा नेपालको डुवान र भारतको डुवानका बारेमा छलफल हुन्छ । त्यो ईच्छाशक्ति देखेको छु ।

काँग्रेसमाथि भारतसँग कोशी, टनकपुर, लगायत राष्ट्रलाई अहित हुने काम गरेको आरोप छ यसपालि देउवाले के गर्नु होला ?

राष्ट्रको हित विपरित कुनै पनि काम हुँदैन । पानिको प्रबन्ध व्यबस्थित गर्नुपर्छ । भारतले पनि मेरो गोरुको बाह्रैटक्का भन्नु हुँदैन। नेपालले पनि अल्झिनु हुँदैन । हाम्रो पानीमा डलर बगेको छ । त्यो सदुपयोग हुन सकेको छैन । समस्याहरु सच्याउने । दुईदेशको बीचमा आपसी समजदारी र सहमतिमै अघि बढ्नुपर्छ ।

अरुण तेस्रो, अपर कर्णाली, पञ्चेश्वर आयोजनामा भारत लगानी गर्न तयार छ, भनिन्छ के हो ?

भारतले उर्जामा लगानी गर्न तयार छ । अरुण तेस्रोको निमार्ण भारतीय सरकारी कम्पनिले जिम्मा लिएको छ । त्यो काम तत्काल अघि बढ्छ । हाम्रो तर्फबाट जंगल जग्गा लगायतका विषयहरुको बारेमा छिनोफानो गर्नुपर्छ ।  त्यस्तै पञ्चेश्वरको बारेमा केही विवाध देखिएका छन् । उच्च तहको राजनीतिक छलफलले यसका बारेमा गहिरो छलफल हुनुपर्छ । धेरै समय भैसकेको छ । दुवै देशका जनताको हितमा यसका बारेमा छलफल हुन्छ ।

एमाले अध्यक्ष केपीशर्मा ओलीले कोशी सम्झौताको बारेमा कुरा राख्नुहोला भन्नु भएको छ प्रधानमन्त्रीले के गर्नुहोला ?

नेपाल सरकारले यसका बारेमा छलफल गरेको छ । डुवानका समस्याहरुको बारेमा पनि कुरा राखेकै छ । यस्ता समस्याहरु उठाउने हो । र सबै भन्दा महत्वपूर्ण काम भनेको सम्झौताहरुलाई मुलुकको हितमा कार्यन्वयन गर्ने हो ।

कोशीले नेपालमा ठुलो असर पारेको छ, त्यसको बारेमा कुरा नराख्ने ?

राख्ने किन नराख्ने नि ? पानीको सतहले आकार नाघेको खण्डमा अनुमान गरिएको भन्दा फरक रिजल्ट आउछ । सम्झौता गरेका जतिपनि कुरा छन्, ति कुरालाई सडकमा होईन । टेवुलमा आएर कुटनितिक तह मार्फत समाधान खोज्नुपर्छ । उच्च स्तरको भेटघाटमा यस्ता समस्याहरु विस्तारै समाधान हुन्छन।

अहिलेसम्म भारतले नेपालको लागि घोषणा गरेको राहत रकम दिएको छ त ?

सुरुमा घोषणा गर्ने । त्यसपछि कुन कुन शिर्षकमा भन्ने ? यसैगरि प्रक्रिया लम्बाउने खालका काम भारतको तर्फबाट भएका छन् । यसका बारेमा पनि उच्च तहमा छलफल हुनुपर्छ। त्यस पछि विकासको गति सुरु हुन्छन् । तत्काल रिजल्ट आउने खालका काम गर्नुपर्छ ।

भारत भ्रमणमा प्रधानमन्त्रीको लागि व्याप्त तयारी छ या केही कन्जुसाई देखिएला ?

पहिले देखि अहिलेसम्म भम्रणको बारेमा भारतले कन्जुसाई गरेको छैन् । यसपालि पनि गर्दैन । सबै प्रधानमन्त्रीलाई स्वागत गरेको छ । भ्रमण सफल भएको छ । सम्झौता कार्यन्वयन गर्नमा केही कम्जोरी हुन्छ ।

जति पनि प्रधानमन्त्री भारत भ्रमणमा आउदा खुलस्त रुपमा आफ्ना कुरा राख्नु सक्नु भएको छ ?

राख्नु हुन्छ । राष्ट्रको हितमा काम गर्नुहुन्छ । सम्झौताहरु कार्यन्वयनमा केही खट्कीएको अुनुभूति हुन्छ ।

काठमाडौंमा नेपालको राजनीतिमा भारतको प्रत्यक्ष संलग्नता रहन्छ भनिन्छ नि ?

त्यो गलत हो । भारतमा आफ्नै समस्या समाधान गर्न फुर्सद छैन् । हामी सार्वभौम सत्ता सम्पन्न मुलुकका नागरिक हौँ । यस्ता गैर जिम्मेवार कुरा गर्नु हँदैन ।  राजनीतिको बारेमा केही अर्थ राखेता पनि भारत नेपालको विकास चाहन्छ । सम्बृद्धि चाहान्छ । नेपालमा कुनै समस्या अल्झीराख्नु भनेको भारतको लागि पनि फाईदा होइन ।  भारतमा स्थापित संयन्त्र छ । हामी यसको लेभलमा पुग्न अझै लाग्छ । नेपालको भलाई गर्नको लागि शान्त कुटनितिक तवरबाट नोपलको भलाईको लागि काम गर्नुपर्छ ।

प्रधानमन्त्रीको भ्रमण तालिका के के छ नि ?

प्रधानमन्त्री निक्कै वयस्त हुनुहुन्छ तर पनि हामीले भारतका प्राय राजनीतिक दलका नेताहरुलाई भेट्ने समय निकालेका छौँ। सरकारले मात्रै गरेर हुँदैन । निजि क्षेत्रको विश्वास गरेर भ्रमणलाई सार्थक बनाउनु पर्छ । केही मन्दिरहरुको पनि भ्रमण छ ।

 

 



प्रतिक्रिया दिनुहोस्