Logo

तरुणदल महासचिव शाही प्रदेश चुनावको तयारीमा



लंकराज धमालाः कालिकोट, ७ भदौ । नेपाल तरुदलका महासचिव भुपेन्द्रजंग शाही प्रदेशको चुनाबमा हुमिने भएका छन्।  सरकारले केन्द्र र प्रदेशको चुनाब आगामि मंसिर १० गते तोकेसँगै महाचिब शाहीले जनताको बीचमा जाने मनस्थिति बनाएको बुझिएको छ ।

दोस्रो संबिधान सभाको निर्बाचनमा पराजय व्यहोरेका शाही निरन्तर जनाताको बीचमा देखिने मध्यका बिरलै युवा नेता हुन ।  महासचिव शाही विश्वका बिभिन्न राष्ट्रको भ्रमणपछि राजधानिमा आए लगत्तै बाढीपीडितको लागि राहत संकलन कार्यमा जुटेका थिए ।

आगामि मंसिरमा हुने प्रदेशको चुनावमा माओबादी केन्द्र र काँग्रेसबीच समिकरण भएमा महासचिव शाहीले जनताको बिचमा गएको सार्थकता भेटाउनेमा दुईमत छैन् ।

राष्ट्रिय राजनीतिलाई आधार मान्ने हो भने सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीबीच स्थानिय तहमा भएको समिकरणलाई सम्झीने हो भने केन्द्र र प्रदेशको चुनाबमा पनि समिकरण नर्गलान भन्न सकिन्न ।

राजनीतिका चतुर खेलाडी मानिने शाही समिकरण गरेरै भएपनि आफनो जित हात पार्ने दाउमा देखिन्छन । काँग्रेस जिल्लाकार्य समिति कालिकोटमा शक्तिशाली नेताका रुपमा कहलिएका महासचिव शाही केन्द्रिय राजनितिमा बलियो यूवा नेताका रुपमा परिचित छन ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिने महासचिव शाही कालिकोट जिल्लाको बिकासका लागि महत्वपूर्ण योगदान पुर्याएका नेता हुन । कालिकोटको मात्रै नभएर सिँगो मुलुकको विकास गर्ने भिजन र हेक्का राख्ने शाही सुन्दर कालिकोट सम्मृद्ध कालिकोटका अभियानता पनि हुन्।



प्रतिक्रिया दिनुहोस्