Logo

प्रधानमन्त्री देउवाद्धारा भारतीय नेता त्रिपाठीसँग भेटवार्ता



ऋषि धमला, नयाँ दिल्ली, ७ भदौ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयदेखि विरामी अवस्थामा रहेका भारतीय राष्ट्रबादी कांग्रेसका महासचिव डीपी त्रिपाठीसँग भेटवार्ता गरेका छन ।

त्रिपाठीकै निवास फिरोज शाह रोडमा पुगेर देउवाले त्रिपाठीसँग भेटवार्ता गरेका हुन । त्रिपाठी केही समयदेखि अबुर्द रोगसँग जुधिरहेका छन ।
भेटवार्तामा त्रिपाठीले संविधान संसोधन लगायतका मुद्दा मिलाउँदै मुलुकलाई निर्वाचन मार्फत लोकतान्त्रिक बाटोमा अघि बढाउने संकल्पसहित अगाडि बढेका देउवाले सफलताको शुभकामना दिदै नयाँ दिल्लीमा स्वागत गरेका थिए ।

त्रिपाठीले संविधान संसोधनसहित दलहरुलाई मिलाउँदै निर्वाचनको बातावरण बनाएकोमा बधाई दिदै सबैलाई मिलाएर नेपालको लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउन नेतृत्व दायी भूमिका खेल्न आग्रह गरे ।

सो क्रममा देउवाले त्रिपाठीको स्वास्थ्य अवस्थासहित नेपाल र भारतको सम्बन्धको विषयमा कुराकानी गरेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्