Logo

देउवाको भारत भ्रमणमा नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर



नयाँदिल्ली, ८ भदौ । प्रधामन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा बिहीबार नयाँ दिल्लीमा नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान गरिएको हो ।

जसमा पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोग र अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।

चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए ।
नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।



प्रतिक्रिया दिनुहोस्