Logo

संखुवासभालाई दुई संघीय प्रतिनिधिसभा प्रतिनिधि निर्वाचित हुनेगरी क्षेत्र निर्धारणगर्न माग



काठमाडौं, ८ भदौ । नेपाली कांग्रेस महासमिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले संखुवासभाले संघीय प्रतिनिधिसभामा दुईजना प्रतिनिधी पाउनुपर्ने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालमा निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेता कार्कीले संविधानले व्यबस्था गरे बमोजिम नै निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा ईतिहासविद् तथा राजनीतिक बिश्लेषक डा.रमेश ढुङगेलले संखुवासभा जिल्लामा दुई जना जनप्रतिनिधी कायम गराउनु पर्नेमा जोड दिए ।

संघीयतालाई अरु देशसँग तुलना गरेर नेपालमा लागु गर्न नमिल्ने भन्दै डा. ढुङ्गेलले दुर दरजका जनताको आवाज समावेस गर्न र जनताको लागि राज्य छ भन्ने अनुभुति गराउनु पर्ने धाराणा राखे ।

उनले भने,‘हाम्रो देशमा संघीयता भुगोल र जनसंख्यालाई आधार मानेर लागु गर्नुपर्छ, दशकौ देखि प्रतिनिधिको कटौती गरेर जनतालाई अन्याय पार्नेकाम राज्यको तर्फबाट हुन्छ भने हामी त्यसको खरो विरोध गछौँ।’

डा.ढुङ्गेलले अरुण विद्युत आयोजना र चिनसँग जोडिएको किमाथाङका नाका रहेको संखुवासभा जिल्लालाई प्राकृति र जनसंख्याको आधारमा दुईजना जनप्रतिनिधि पाउने कुरामा संविधानले नै स्पष्ट मार्ग देखाएको जिकिर गरे ।

कार्यक्रममा संखुवासभाका पूर्व नगरसभापति तुलसी न्यौपानेले निर्वाचन क्षेत्र निर्धारण आयोगले दिएको प्रतिवेदनले संखुवाबासीलाई अन्यायमा पारेको बताए ।

उनले भने,‘आयोगले जुन प्रकारको विभेदपूर्ण काम गरेको छ, यो हामीलाई स्वीकार्य छैन, थपिएका एकहप्ताभित्र हामीले आफ्ना मागहरु पुरा गर्नको लागि मेहनत गर्नुपर्छ, राज्यले हाम्रा मागहरु सम्बोधन गर्नको लागि तदारुकता देखाउनै पर्छ।’



प्रतिक्रिया दिनुहोस्