Logo

बिदेशमा बसेकै कारण प्रतियोगिता खेल्न बञ्चित गरिन्नः अध्यक्ष बज्राचार्य



काठमाडौं, ९ भदौ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले गौरिका सिँह लगायत बिदेशमा रहेका नेपालीले नेपाल पौडी संघको नियममा रहेर खेल्दा छेकबार नहुने प्रष्ट पारेका छन् ।

अध्यक्ष बज्राचार्यले भने, ‘खेलकुद परिषद अन्तर्गतको नियम र अन्तर्राष्ट्रिय पौडी फेडेरेसनको प्रक्रिया पूरा गरेका सबै नेपाली खेलाडी ले राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछन्, चाहे उनीहरु बिदेशमै बसुन् ।’

अध्यक्ष बज्राचार्यले नेपाल पौडी संघमा परिवावाद हावी भएको र संघका पदाधिकारीका छोराछोरीका लागि मात्र प्रतियोगिता आयोजनागर्ने तथा बिदेशी छात्रबृतिपार्ने गरेको आरोपको पनि खण्डन गरेका छन् ।

उनले भने,‘खेलाडीको प्रतिभा हेरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउने हो, फिनाले पनि हामीलाई हेरिरहेको हुन्छ, राम्रो खेलाडीलाई रोकेर कमसल खेलाडी पठाउँदा हाम्रो स्तरमा पनि प्रश्न उठ्न सक्छ ।’



प्रतिक्रिया दिनुहोस्