Logo

नेपाल यू –१५ साफको फाइनलमा



काठमाडौं ९ भदौ। नेपाल साफ यू(१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४(२ गोल अन्तरले हराएको छ ।

नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे ।

६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गर्‍यो । तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालले अर्को गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ ।

अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ ।



प्रतिक्रिया दिनुहोस्