Logo

खुला भलिबल प्रतियोगितामा आँकुरा विजयी



पोखरा, १० भदौ । हरितालिका तीजका अवसरमा बाघमारा युवा संगम समूह र अनुशासित आमा समूहद्वारा शुक्रबार आयोजित खुला भलिबल प्रतियोगितामा आँकुरा युवा क्लब, आँबुकसेरीको समूह प्रथम भएको छ ।

विभिन्न युवा क्लब सम्बद्ध १२ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नमूना युवा क्लबको समूह, तल्लो पुँडी द्वितीय र बालादेवी युवा क्लबको समूह, गण्डकीबेँसी तृतीय भएको युवा संगम समूहका अध्यक्ष एवं प्रतियोगिता संयोजक प्रमोद आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयी समूहमध्ये प्रथम हुनेलाई रु ४० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई रु तीन हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै तीज गीत प्रतियोगितातर्फ दिदीबहिनी आमा समूह, तल्लो गगनगौँडा प्रथम, रोशनी आचार्यको समूह, बरेली चोक द्वितीय, शान्तिदेवी आचार्यको समूह पानी ट्यांकी तृतीय र नारी उत्थान समूह, पटनेरीले सान्त्वना स्थान प्राप्त गरेको युवा संगम समूहका सदस्य बलबहादुर नेपालीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १२ हजार, रु सात हजार र रु तीन हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । चौध समूह सहभागी सो प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गर्ने सुजाता कार्कीको समूहकी सरिता पौडेललाई रु एक हजार ५०० सहित सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्