Logo

क्रान्तिकारीको नेतृत्व लिन महिला तयार, अध्यक्ष्यमा सिँह, महासचिवमा सुवेदीको उम्मेद्वारी घोषणा



काठमाडौं, १० भदौ । अखिल क्रान्तिकारीको २१ राष्ट्रिय सम्मेलनबाट कार्यकारी पदमा महिला विद्यार्थीहरु लड्ने तयारीमा रहेका छन् । निर्वाचनबाट नेतृत्व चयन गर्ने तयारी भइरहँदा महिला नेतृहरु किर्तिपुरको कार्यक्रम स्थलमा आफूलाई मत मागिरहेका देखिन्छन् ।

नेतृ पंचा सिँहले माओवादीका कारण राज्यसत्तामा आमुल परिवर्तन आएको बताउँदै भनिन्,‘महिला,दलित,आदिवासी जनजाति,पिछडिएको क्षेत्र आदि क्षेत्रले आफ्नो अधिकार पाएको छ, यो सबै माओवादी जनयुद्धका कारणले भएको हो, हामीले यत्रो परिवर्तन गरेका छौ अब हाम्रो संगठनमा त झन यो भन्दा बढी हुनुपर्छ।’

आफूले अध्यक्ष पदकोको लागि उम्मेद्वारी दिने बताउदै सिँहले भनिन्, ‘हिजो कलिलो उमेरमा जनयुद्ध लड्न सकेँ भने अहिले विद्यार्थीको नेतृत्वगर्ने क्षमता पनि राख्छु।’

यस्तै क्रात्तिकारीको महासचिवमा राजेश्जरी सुवेदी दाबेदार छिन् । उनी भन्छिन् ‘यो राज्यको संरचना नै माओवादीले परिवर्तन गरेको हो भने आफ्ना भातृ संगठनमा पनि परिवर्तन गुर्नपर्छ।’

त्यस्तै सचिवकी दाबेदार जुना घर्ती मगरले माओवादीको भाृतसंगठनको नेतृत्वमा महिला ल्याउँदा देशभरी नयाँ सन्देश जाने बताइन् ।

नेतृत्वका दाबेदार

१ अध्यक्षमा पंचा सिंह
२ महासचिवमा राजेश्वरी सुवेदी
३ उप महासचिवमा सुनिता किराती
४ उप महासचिवमा आशा तमु
५ उपाध्यक्षमा सपना प्रधान
६ उपाध्यक्ष लक्ष्मी प्रधान
७ उपाध्यक्षमा सुनिता चौधरी
८ उपाध्यक्षमा राममाया थपलिया
९ सचिवमा स्मृति अधिकारी
१० सचिवमा एलिसा थापा
११ सचिवमा बसन्ता भण्डारी
१२ सचिवमा जुना घर्तीमगर



प्रतिक्रिया दिनुहोस्