Logo

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने



काठमाडौँ, १० भदौ । शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

उहाँले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताउनुभयो ।

उहाँले यसै आर्थिक वर्षदेखि हामीले पुस्तकालय बनाउने काम शुरु गर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ ।

जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी सातवटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्