Logo

प्रधानमन्त्रीले ट्रयाक बाहिर गएर आन्तरिक विषयमा बोल्नु आपत्तिजनकः ज्ञावली



काठमाडौ, १० भदौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले प्रधानमन्त्रीले मुलुकको आवश्यकतालाई छाडेर ट्रयाक बाहिर गएर संविधान संसोधनको विषयमा दिएको अभिब्यक्ति आपत्तिजनक भएको भन्दै यसले सविधान बनाउने संविधानसभा र संसदको अपमान गरेको दावी गरेका छन ।

रिापेर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने,‘ संविधानलाई सर्वस्विकार्य बनाउँछु भनेर प्रधानमन्त्रीले ९१ प्रतिसत बहुमतमा संविधान बनाउने संविधानसभाको अपमान गर्नु भएको छ । संसदले टुङगोमा पु¥याईसकेको विषयलाई फेरि गर्छु भन्नु आपत्तिजनक हो । संविधानको पालना गर्ने सपथ लिएका प्रधानमन्त्रीले यस्तो बोल्नु उपयूक्त होईन ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै ज्ञावलीले अघि थपे,‘ नेपालको नितान्त आन्तरिक मामिलालाई अन्तर्राष्ट्रियकरण गर्दा नेपालकै हैसियत कमजोर बनाउँछ । यो कुरा प्रधानमन्त्रीले बुझ्नु पर्छ ।’

उनले डुबान, सीमामा भारतले एकतर्फी रुपमा बनाएको बाँध, दुई दशकदेखि कार्यान्वयन हुन नसकेको हुलाकी राजमार्ग, पञ्चेश्वरको डीपीआर, निर्यात ब्यापारमा भईरहेको अवरोध र चीन–भारतको विवादमा नेपालको स्पष्ट धारणा सार्वजनिक गर्नु जस्ता महत्वपूर्ण विषय छाडेर प्रधानमन्त्री ट्रयाक बाहिर गएको भन्दै भ्रमण उपलब्धिमुलक हुन नसकेको दावी गरे ।

ज्ञावलीले नेपाल भारतबिच रहेको अविश्वास हटाएर सार्वभौमसत्ताको आधारमा संम्बन्धलाई नयाँ उपचाईमा पु¥याएर मित्रतापूर्ण सम्बन्ध कायम राख्ने पक्षमा आफूहरु रहेको भन्दै भारतले नेपालमा यो वा त्यो आफ्नो मान्छे भन्दा पनि नेपाल जुन बाटोमा अघि बढेको छ, त्यसमा सफल बनाउने गरी सहयोग गर्नु पर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्