Logo

नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा देउवा र मोदीबिच सहमति भएको खुलासा



भदौ १०, काठमाण्डौ । संसदीय र संघिय चुनावपछि नेपाललाई हिन्दुराष्ट बनाउने विषयमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचमा सहमति भएको खुलासा भएको छ ।

मंसिरमा गर्ने भनिएको संघ र प्रदेशको चुनावपछि नेपाली कांग्रेसले संविधान संशोधन गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा छलफल भएको भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले खुलासा गरेका हुन् । स्वामीले पत्रकार ऋषि धमलासँग कुरा गर्दै मोदी र देउवाबिचको वान टु वान वार्ताका क्रममा नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा सहमति भएको जानकारी दिएका हुन् ।

पहिलेदेखि नै नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेको भारतले देउवाको भ्रमणका क्रममा यस विषयलाई प्रभावकारी रुपमा अगाडि बढाएको हो ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोशीयारीले पनि नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा दुई प्रधानमन्त्रीबिचमा छलफल भएको दाबी गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले उच्च सम्मान दिएका थिए । नेपालका अन्य प्रधानमन्त्री जाँदा जति प्राथमिकता र सम्मान दिने गर्दथ्यो, त्यो भन्दो धेरै सम्मान देउवालाई दिएको भारतीय नेताहरुले बताएका छन् ।
२०६२–६३ को आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्कालिन भारतीय समकक्षी मनमोहन सिंहले दिएको सम्मानको तहमा यस पटक देउवालाई मोदीले सम्मान दिएको विश्लेषण गरिएको छ ।

नेपाली कांग्रेसका नेता मिन विश्वकर्मा भन्छन्, “भारतले नेपाली प्रधानमन्त्रीलाई दिने गरेको सम्मानमध्ये देउवालाई गरेको सम्मान अहिलेसम्मकै उच्च छ ।” वाणिज्य मन्त्रीसमेत रहेका विश्वकर्माले ऋषि धमलासँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।
समग्रमा यसपटकको देउवाको भारत भ्रमण अत्याधिक सफल भएको विश्लेषण गरिएको छ । भ्रमण सफल हुनुमा नेपालका लागि भारतीय राजदुत मञ्जित सिं पुरीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्